रुपन्देही ।
प्रदेश ५ को प्रदेश सभामा राजधानी र नामबारे मतदान गर्न मतदान प्रक्रिया सुरू भएको छ। मंगलबार अपरान्ह ४ बजेभित्र प्रदेश नम्बर ५ को नाम फेरिएर लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र तोकिने लगभग पक्कापक्की भएको छ ।
नेकपाका सांसदहरुले कम्युनिष्ट पार्टीको अनुशासन र पार्टी प्रतिको निष्ठाका आधारमा ह्वीपको विपक्षमा नजाने निश्कर्ष निकालेसँगै प्रदेश सरकारले प्रस्ताव गरे अनुसार प्रदेशको नाम र स्थायी राजधानी तोकिने निश्चित प्रायः भएको हो ।
प्रतिक्रिया