मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ को स्थायी राजधानी माग गरिरहेको कपिलवस्तुले अन्तः सांस्कृतिक राजधानी पाउने भएको छ ।
कपिलवस्तुबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद विष्णु पन्थी लगायत सांसदको निरन्तर प्रदेश राजधानी माग भैरहेको बेला यस्तो कपिलवस्तुमा यस्तो निर्णय गर्न लागिएको हो ।
विशेष स्रोतका अनुसार कपिलवस्तु बुद्धकालिन इतिहास बोकेको ठाउँ भएकाले प्रदेश नं. ५ को सांस्कृतिक राजधानी बनाउन लागिएको छ । नेकपा संसदीय दलको बैठकबाट कपिलवस्तुलाई पनि समेट्ने गरी सांस्कृतिक राजधानी बनाउने छलफल भएको हो ।
यसको औपचारिक उद्घोष मंगलबार दिउँसो बस्ने प्रदेशमा मुख्यमन्त्री शंकर पोख्रेलले गर्दै हुनुहुन्छ ।
यस्तै रुपन्देहीलाई आर्थिक राजधानी घोषणा गर्ने सम्भावना छ । यद्यपि दाङमा प्रदेशको स्थायी राजधानी कायम हुनेछ भने प्रदेशको नाम लुम्बनी रहनेछ । मंगलबार यो विषयमा भोटिङ हुँदैछ । मंगलबारबाटै प्रदेशले स्थायी राजधानीसहित नाम पाउने छ ।
यता नेपाली कांग्रेसको संसदीय दलले पनि आफ्ना सांसदहरुलाई दाङको विपक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।
प्रतिक्रिया