८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आज मंगल चौथी, भगवान् गणेशको विशेष पूजाआजा



काठमाडौँ ।
आज मंगल चौथी । भगवान् गणेशको विशेष पूजाआजा गरी मनाइदैछ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ ।

मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ ।

कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु अघि हिन्दु धर्म संस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्दछन् ।

भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन् । आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७ मंगलबार ००:००  ७ : ५९ बजे