काठमाडौं ।
प्रदेश ५ सभामा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले गरेको तोडफोड र विरोध पार्टीको नीति र संस्कृतिविपरीत भएको प्रवक्ता विश्वप्रकाश शर्माले धारणा राखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले रोस्ट्रम भाच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै नदिइएको लेखेका छन् ।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएदेखि नै प्रदेश ५ का कांग्रेसका केही सांसदले विरोध गर्दै आएका थिए ।
सोमबारको प्रदेश सभा बैठकमा प्रदेश ५ का कांग्रेस प्रदेशसभा सदस्यले कुर्सी तोडफोड गर्नुका साथै बुटवलबाट राजधानी सारेको भन्दै गम्भीर आपत्ति जनाएका थिए ।
प्रतिक्रिया