८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भारतमा कोरोनाबाट एक लाख दुई हजारभन्दा बढीको मृत्यु



एजेन्सी ।

भारतमा पछिल्लो २४ घन्टनमा ७४ हजार चार सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । साथै यस अवधिमा नौ सयजनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कुल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म एक लाख दुई हजार ६ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् ।

५५ लाख ८६ हजार कोरोनामुक्त

यस्तै भारतमा ५५ लाख ८६ हजार व्यक्ति कोरोनामुक्त पनि भएका छन् । यहाँ अझै नौ लाख ३४ हजार मानिस सक्रिय संक्रमित छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा दुई लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ३८ हजारभन्दा बढीको ज्यान गएको छ ।

यस्तै कर्णाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र नौ हजार दुई सय ८६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म सात करोड ९९ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  १ : ०१ बजे