काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्ने बताएका छन्। खाँणले विज्ञप्ती जारी गरेर षडयन्त्र पूर्वक ढंगले बुटवलबाट अन्यत्र सानै लागेको भन्दै आपत्ति जनाएका हुन्।
‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा षड्यन्त्रपूर्ण राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष हो,’ खाँणले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश ५ को राजधानी सार्ने कार्यको विरोध कार्यक्रममा शान्तिपूर्ण रुपले आन्दोलनमा सहभागी हुन रुपन्देहीबासीलाई हार्दिक आग्रह गर्दछु।’ उनले राजनीतिक पूर्वाग्रह राखेर बुटवलबाट अन्यत्र सार्ने काम नगर्न पनि भनेका छन्।
प्रदेश नम्बर ५ सरकारको निर्णयपछि बुटवलबाट दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश संसदमा दर्ता भएको छ।
प्रतिक्रिया