मायादेवी अनलाइन, जितपुर ।
प्रदेश ५ प्रदेशसभामा शुक्रबार प्रस्तुत प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव माथि कडा सुरक्षाका बीच छलफल हुने भएको छ । प्रस्तवाको विरुद्धमा यहाँका सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरुले विरोध जनाउँदै संसद घेराउलगायतका कार्यक्रम तय गरेपछि सरकारले संसद भवन क्षेत्रमा ठूलो संख्यामा सुरक्षा परिचालन गरेको छ ।
प्रदेश ५ सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रस्तु गरेको प्रस्तावमा आजदेखि संसदमा छलफल हुने भएको हो । प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ रहने गरी गरिएको प्रस्तावको विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा यहाँका उद्योगी व्यवसायीहरुले विरोध जनाउँदै प्रदर्शन जारी राखेका छन् । रुपन्देहीका सबै स्थानीय तह तथा नेकपा रुपन्देहीले समेत प्रस्तावको विरोध जनाएको छ ।
यता बुटवलमा स्थायी राजधानीको विषयले आजपनि चोकचोकमा विरोध प्रर्दशन भएको छ ।
प्रतिक्रिया