८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पानी पर्दैन भनेर अझै ढुक्क हुने अवस्था छैन, मौसमविद्को भनाई



काठमाडौँ ।

मौसममा बदली भएरु देशका केही स्थानमा सोमबार पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको हो।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। उहाँहरुका अनुसार पानी पर्दैन कि भनेर ढुक्क हुने अवस्था नभएको बताइएको छ ।

सोमबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहमा आंशिक बदली रहनेछ।

प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भएको छ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  ८ : २० बजे