एजेन्सी ।
फ्रान्समा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि नयाँ प्रतिबन्धात्मक नियम लागु गरिएको छ। पेरिसमा संक्रमण बढ्दै गएपछि मंगलबारदेखि बारहरु पूर्ण रुपमा बन्द हुने भएका छन्।
संक्रमण नियन्त्रणका लागि लागु गरिने नयाँ प्रतिबन्धको पूर्ण विवरण सोमबार सार्वजनिक गर्ने पेरिसका अधिकारीले बताएका छन् ।
ती प्रतिबन्धहरु दुई हप्ताका लागि हुने छन् ।फ्रान्ससहितका युरोपेली देशहरुमा पछिल्लो समय कोरोना भाइरस महामारीको दोस्रो लहर चलेको छ।फ्रान्समा आइतबार एकै दिन १२ हजार ५६५ जनामा संक्रमण पुष्टि भएको थियो । मार्सेइली शहरले यसअघि नै बार तथा रेस्टुरेन्टहरु बन्द गरेको छ ।
प्रतिक्रिया