काठमाण्डौँ ।
दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ ।
नियमित प्रक्रियाअनुसार आज बिहान ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने योजनासमेत रहेको नेपाली सेनाले जनाएको छ ।
कोभिड–१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।
शान्ति मिसनमा पठाउने टोलीलाई नेपाली सेनाले केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।
प्रतिक्रिया