बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ । प्रदेशको नामाकरण र राजधानी सार्ने प्रस्तावप्रति बुटबलमा लगातार आन्दोलन भइरहेको छ । काठमाडौंबाट बुटवल फर्किँदै गरेका पोखरेललाई लक्षित गर्दै बुटवलमा ढुंगा प्रहार गरिएको थियो ।
प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले दिएको जानकारीअनुसार मन्त्री पोखरेल र उनको पछुवा गाडीमा एक एकवटा ढुंगा लागेको थियो । उनको गाडीमा ढुंगा प्रहार गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको धानुकले जानकारी दिए । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेका पोखरेललाई बाटो बाटोमा कालोझण्डा देखाइएको थियो ।
प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेस भएको छ ।
प्रतिक्रिया