मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु र रुपन्देहीको सिमावर्ती कोठी नदीमा गोही भेटिएपछि बाणगंगा नगरपालिकाले ‘अलर्ट’ जारी गरेको छ ।
वडा नं. २ कोठी नदीमा ठुलै गोही भेटिएपछि जोखिम रहन सक्ने भन्दै नगरपालिकाले ‘अलर्ट’ जारी गरेको हो ।
नगर प्रवक्ता तथा वडाध्यक्ष विष्णु पौडेलका अनुसार जंगलमा गएका बेला स्थानीयले नदीमा गोही देखेपछि खबर गरेको बताइएको छ ।
त्यसपछि नगरले नदी प्रवेशमा रोक लगाउन ब्यानर नै टागेको छ । कोठी नदीमा गोही भेटिनुलाई स्थानीयले पनि अचम्मको रुपमा लिएका छन् ।
अहिले गोहीको व्यवस्थापनको विषयमा सम्बन्धित सबैसंग छलफल भइरहेको पौडेलले बताउनु भयो ।
प्रतिक्रिया