८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सवारीभित्र किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ 



काठमाडौं ।
भक्तपुरमा एक किशोरीमाथि सार्वजनिक सवारीभित्र सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका- ८ मा शुक्रबार बा ३ ख २६१२ नम्बरको मिनीबसभित्र १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको खुलेको हो । 

लठ्ठिने औषधी खुवाएर सुरुमा एक जनाले ल्याएको र त्यसपछि अन्य दुई जनाले बसभित्र बलात्कार गरेको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापाले जानकारी दिइन् । 

सुरुमा रत्नपार्कबाट भक्तपुर पुर्‍याउने एकजना फरार रहेको र पछि बलात्कार गर्ने दुई जना पक्राउ परेको थापाले बताइन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाँउपालिका–१० का २२ वर्षीय नीरकुमार खड्का र सिन्धुपालचोककै सुरेश श्रेष्ठ छन् । 

किशोरी पनि सिन्धुपाल्चोकै रहेको प्रहरीले जनाएको छ । फरार एक जनाको खोजी भइरहेको भक्तपुर प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७ आइतबार ००:००  ३ : ५१ बजे