चिरन्जीवी न्यौपाने ।
उम्लियो, उभलियो, उकालो पो लाग्यो
ए ए आयो आयो गणतन्त्र आयो, सपना ल्यायो
आखिर जागे, जगाए !!
त्यो निद्राको सपना सबैले सझाए
कोर्ने, बुन्ने, बटुल्ल्ने देखि बढार्ने,
माटो रगतले रङ्गाउनेका प्रतिनिधि त्यहाँ पुगे
थालि बजाउनेले तालि बजाए,
तिलान्जली दिएर टुक्का हान्नेहरु टोपीलाई श्रीपेज बनाए
र सबै जुटे, भुटेका मकै जङ्गलमै छुटे !!
पात्रो पनि हेरी बालुवामा पानी भरे,
जसले जीवन पात्रो र पात्रे बिरोधी भएर सुरु गरे
अन्न भरे, दंग परे, ससुराली सिंगारे
जनताका नाम टेलिभिजनका कार्यक्रम बने
मतदाता फेरी बैरी बने, सल्लाहकारगण धनी बने !!
रित्तो गाग्रो काठमाडौँमा, पानी सुन्दरीजलमा रहने
र मेलम्चीमा गोलमेच सम्मेलन काकाकुलहरुको हुने
ए, ए अब सबैलाई पुग्यो रे
अनि हारेको इतिहास सित
सिटको घुर्की लगाए गणतन्त्र हुने, यो कस्तो गीत ?
भक्तहरु साबिक तन्त्र देखि गणतन्त्रसम्म ,
उनीहरु केवल ताली पड्काए र जाली कुराको श्रोता बनाए !!
किर्ते गर्नेहरुलाई, छली कर्मको न्यायमूर्ति बनाउँदा के होला ?
कछुवा पोल्ने र भान्छालाई सिकार पोल्नेहरुलाई,
पोखरी भर्न लगाउदा हालत के होला ?
काब्य सुन्ने र टुक्का मार्नेले राजपाटको पुजारी बनाउँदा के होला ?
उतर आउँला कि, सबैको झोला भरिएला ?
यो तन्त्रमा गरिबले दुई छाक पेट भर्न नपाउने, यो कस्तो गणतन्त्र ?
भिखारी नदेख्ने यो कस्तो मन मर्जी तन्त्र ?
भित्ते लेख्नबाट गणतन्त्रको कृतिलाई काब्य बनाउने हे मुर्धन्य ज्युहरु
आज स्याल, कुकुर र मुसो पनि बफादार हुँदैछन
उनीहरुलाई पनि ममताहरुले छुदैछन
किन यो गणतन्त्रमा हजार राजा हँुदैछन ?
अब ७७ को पात्रो कहिले खुल्ने ?
अझै गरिबीको रगतले भित्तेलेखन कहिलेसम्म रुझ्ने ?
हतार भो हजारौ नरेश आदेश ज्युहरुको मण्डल,
न्याय र सत्यका लागि कहिलेसम्म कुर्ने ?
जनतालाई गास बास र कपास माग्दा कहिलेसम्म घुर्ने ?
पात्रे सोचको भित्तेलेखन वाला क्रान्ति छुटोस, जनता महान छन्
अज्ञान पक्कै छैनन्, भित्तेलेखन मेस्ने छन् ।
प्रतिक्रिया