मायादेवी अनलाइन, सैनामैना ।
कोरोना भाइरसको जोखिम बढ्न थालेपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि नगरभित्र लकडाउन जारी गरेको छ ।
समुदाय स्तरमा कोरोना संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सैनामैना क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म नगरभित्र लकडाउन जारी गरिएको हो ।
नगरस्तरिय कोरोना विशेष विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।
नगरपालिकाको सालझण्डीमा रहेको ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा कोरोना देखिएको थियो । लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने छन् ।
प्रतिक्रिया