अजय मिश्र, कृष्णनगर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबार विहानदेखि साउन महिनासम्म सार्वजनिक यातायातका सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नम्बरका आधारमा चलाउन भनेर सूचना जारी गरेको छ ।
उक्त सूचना विपरित नियम उल्लङ्घन गर्नेमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे कपिलवस्तुले एक्सन चाल्न थालेको छ ।
नियम उल्लङ्घन गर्ने सवारी साधनलाई शुक्रबार नियन्त्रणमा लिएको कारबाही सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि प्रशासनले जारी गरेको सूचना विपरित सवारी सञ्चालन गर्नेमाथि कारबाही सुरु भएको ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वाँरले जानकारी दिनुभयो ।
प्रशासनले दिएको आदेशलाई पूर्ण रूपमा पालना गराउन सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको उहाँले बताउनुभयो । त्यसका लागि जिल्लाका ठाउँ ठाउँमा प्रहरी खटाइएको उहाँको भनाई छ ।
प्रतिक्रिया