८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रदेश ५ का आन्तरिक मामिलामन्त्री आइसोलेसनमा



बुटवल ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी आइसोलेसनमा बस्नुभएको छ ।
प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएसँगै यादवसँगै कार्यक्रममा सहभागी हुनुभएका मन्त्री केसी होम आइसोलेसनमा बस्नुभएको हो । मन्त्री केसी बिहीबारदेखि होम आइसोलेसनमा बसेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

मन्त्री केसी केही दिन पहिले संघीय राजधानी काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

केसीको पीसीआर परीक्षण गर्ने र पीसीआर रिपोर्ट पोजेटिभ आए मुख्यमन्त्री, सबै मन्त्री, मन्त्रालयका सचिवलगायत उनीहरुको सम्पर्कमा आएका सबैजना आइसोलेसनमा बस्ने सामाजिक विकास मन्त्री बरालले बताउनुभयो ।

यसैैबीच प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको एक महाशाखा प्रमुखलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका उच्च अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुुरु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ६ : २१ बजे