८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पर्सामा १ सय ४१ जनामा कोरोना पुष्टि



पर्सा ।
पर्सामा १ सय ४१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ४१ जनामा सङक्रमण पुष्टि भएको हो ।

आज २१ महिलासहित १ सय ४१ जना सङ्क्रमित थपिएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये ४३ जना प्रहरीको हिरासतमा रहेका छन् ।

नियमित जाँचको क्रममा स्वाब परीक्षण गराएको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ११ : ५२ बजे