बुटवल ।
अर्घाखाँचीमा बँदेल मार्न थापेको पासोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीका अनुसार सन्धिखर्क नगरपालिका वडा नं. ५ को रिङदीमा एम्बुसमा परेर छत्रदेव गाउँपालिका ३ बल्कोटका अन्दाजी ५० वर्षिय तुल्सीराम पाण्डेको मृत्यु भएको हो।
बल्कोट घर भएका पाण्डे रिङ्दीमा बस्दै आएका थिए । बदेल मार्नका लागी आफै थापेको पासोमा परेर पाण्डेको मृत्यु भएको प्रहरीले बताएको छ ।
मकै जोगाउनका लागि बदेल मार्न बुधबार राती एम्बुस थापिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया