मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा शुक्रबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले भोलिबाट १० दिन सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रशासन कार्यलयले विहीबार एक सुचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राति १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताएका छन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोसंक्रमण कपिलवस्तुमा समुदाय स्तरमानै देखिएकोले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न लागिएको हो । शुक्रबार बिहान ५ बजेबाट लागुहुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने र प्रशासनको सुचना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यलय कपिलवस्तुले चेतावनी दिएको छ ।
यस अवधीमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूणर्न रुपमा बन्द गरिने छ ।
यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन हुने छन् ।
प्रतिक्रिया