८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ



रुकुम पश्चिम ।
नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको (नेकपाका) रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् ।

गएराति जिल्ला सेक्रेटरी मन्जित भनेर चिनिने हीरामणि रावलसहित चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याउने प्रहरीको तयारी छ ।

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका ६ का नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरी हिरामणि रावल मन्जित, त्रिवेणी गाउँपालिका ५ का नेकपा विप्लव समूहका जिल्ला सदस्य घमन्ड महर, त्रिवेणी गाउँपालिका २ का अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र त्रिवेणी गाउँपालिका १ का ने।क।पा। विप्लव समूहका कार्यकर्ता तुलबहादुर घर्ती रहेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का एक होटलमा लुकिछिपी बसेका बेला आठबिसकोट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसीले जनाउनुभयो ।

पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याएर आवश्यक कारबाही थालिने डिएसपी के।सी।ले बताउनु भयो ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  ११ : ५६ बजे