८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा समुदायस्तरमा फैलिदैं कोरोना, थप २१ जनामा संक्रमण पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका समुदायमा गरिएको नमुना थ्रोट स्वाब मध्ये आएको रिपोर्टमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु नगरपालिकाको तौलिहवा क्षेत्रभित्र संचालित बैंक तथा वितिय संस्था देखि संकलन गरिएका नमुना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मेडिकल, पोलिक्लिनिकबाट २ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थ्कर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रका ३ जनामा संक्रमण देखिएको छ ।

यस्तै मायादेवी गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ । यससंगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८४० पुगेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  ११ : ०९ बजे