काठमाण्डौँ ।
बिहीबार दिउँसो २ वटा प्रदेशका १ र २ स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका १ र २ स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
त्यस्तै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली, सुदूरपश्चिम, प्रदेश १, प्रदेश-२ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने प्रदेश-१, बागमती, गण्डकी र प्रदेश-५ का १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, भोलि देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-२ र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शुक्रबार राति प्रदेश-१, बागमती, र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । मौसमविद्का अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।
प्रतिक्रिया