पोखरा ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना संक्रमितहरु थपिएका हुन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ । संक्रमितहरु सबै २२ देखि ३५ बर्ष उमेर समुहका रहेका छन् । गण्डकी प्रदेश स्वास्थय निर्देशनालयले यो जानकारी फेसबुकमार्फत् जानकारी गराएको छ ।
प्रतिक्रिया