पोखरा ।
दिनहुँ संक्रमणको दर बढ्दै गएपछि गण्डकीको सबैभन्दा बढी क्षमतायुक्त पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्थान मातहतको अस्पतालमा तयार गरिएको आइसोलेसन संक्रमितले भरिएको छ । यहाँ विशेषत कास्की र कास्कीभित्रका अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना संक्रमण भेटिएपछि थप उपचारका लागि ल्याइने गरिएको छ ।
गण्डकी सरकारले ुडेडिकेटेडु अस्पतालको रुपमा यो अस्पताललाई घोषणा पनि गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका साना दलले यो सरकारी अस्पताललाई ुडेडिकेटेड अस्पतालु बनाउँदा अन्य प्रकृतिका बिरामीलाई असर पुगेको भन्दै सरकारी कदमको विरोध पनि गरेका छ्न् ।
गण्डकीमा कोरोना संक्रमित बिरामीको गम्भीर स्थिती देखिएमा उपचार गर्ने यो एकमात्र अस्पताल पनि हो । तर, यहाँ पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ, जुन चाप अस्पतालमा तयार आइसोलेसनले थाम्नसक्ने स्थिती छैन ।अस्पतालका निर्देशक डा। अर्जुन आचार्यका अनुसार अस्पतालमा ४० जना संक्रमितको क्षमता हुने गरी शय्या तयार गरिएको छ । तर, मंगलबार सम्म ३२ संक्रमित रहेको आइसोलेसनमा बुधबार कास्की जिल्लामा मात्रै १० संक्रमित थपिएका छन् ।
तीमध्ये अस्पतालको आइसोलेसनमा २ जना ल्याइएका छन् भने बाँकी ७ जना ुलेकसिटीुको क्वारेन्टिनमा नै छन । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बेड अभावका कारण संक्रमित ७ जनालाई क्वारेन्टिन मा नै आइसोलेसन बनाएर राखिएको जानकारी दिए ।
बुधबार संक्रमितमध्ये एक जना प्रहरी समेत छन । संक्रमित ती प्रहरी नदीपुर बिटमा कार्यरत थिए । ट्राभल हिस्ट्री नभएका अन्य दुईजनालाई पनि अस्पतालको आइसोलेसनमा लगिएको छ । यता, अस्पतालका निर्देशक डा आचार्यले बेड संख्याको बारेमा यस अघि नै प्रदेश सरकारलाई जानकारी गराइएको बताए ।
प्रतिक्रिया