मायादेवी अनलाइन, चार नम्बर ।
गएको बैशाख २५ गते देखि कपिलवस्तुमा देखिन थालेका कोरोना संक्रमित साउन तेस्रो हप्तासम्म आइपुग्दा ८ सय १९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बुधबार थप १३ जनामा संक्रमण देखिएपछि संक्रमितको कुल कुल संख्या ८ सय १९ पुगेको हो ।
संक्रमितको कुल संख्या ८ सय १९ पुगेपनि ७ सय ४८ जना भने डिस्चार्ज भएका छन् । बुधबार मात्र जिल्लाको शिवराज नगरपालिकामा ४, कपिलवस्तुमा नगरपालिकामा ४ जना र कृष्णनगर नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कृष्णनगरमा गत साउन १८ गते लिइएको १ सय ३३ नमुना स्वाब मध्ये रिपोर्ट आउँन बाकी ९ जना मध्ये ५ जनालाई संक्रमण पुष्टि भएको हो । यस्तै स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकाका ३ जना पुरुष र १ जना महिला र कपिलवस्तु नगरपालिकाका १ महिला र ३ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार एकैदिन १ सय २४ जनाको रिपोर्ट आएको थियो । जसमध्ये ५ जनालाई संक्रमण पुष्टि भएको थियो ।
जिल्लामा समुदायस्तरका कोरोना फैलिएको आशंकामा समुदायस्तरमा स्वाब संकलनको काम तीव्र पारिएको छ । जसअनुसार जिल्लाका भारतीय सीमावर्ती स्थानीय तहमा धमाधम नमुना स्वाब संकलनको काम भैरहेको छ ।
समुदायमा कोरोना फैलिएसंगै थप सजगता अपनाउन बिज्ञले सुझाएका छन् । थप सर्तकर्ता नअपनाए स्थिती भयाबह हुने चेतावनी दिएका छन् ।
प्रतिक्रिया