८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रेमीलाई कुटे, किशोरीलाई ४ जनाले बलात्कार गरे



दाङ ।
दाङको देउखुरीमा १७ वर्षीया किशोरीलाई चार जना मिलेर सामूहिक बलात्कार गरेका छन् । पीडित किशोरीले दिएको उजुरीका आधारमा आरोपितमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले साउन १८ गते पीडितबाट उजुरी आएको र त्यस आधारमा मंगलबार राप्ती गाउँपालिका–४ का २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार फरार हुनेमा राप्ती गाउँपालिका–४ कै २५ वर्षका अर्जुन विक र २७ वर्षका प्रकाश नेपाली छन् । पीडित पनि राप्ती गाउँपालिकाकै वडा नम्बर ३ की हुन् । डीएसपी खड्का अनुसार घटना यही साउन १६ गते दिउँसो भएको हो ।

त्यस दिन आफ्ना प्रेमीसँग घरदेखि केही पर सामुदायिक वन नजिकैको खोलामा नुहाउन गएको र त्यही बेला ती चार जना आएर प्रेमीलाई कुटपिट गर्दै आफूलाई सामूहिक बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन् ।

नुहाएर कपडा फेर्ने बेला एक्कासि उनीहरू आएर आफूलाई बलात्कार गरेको उनको भनाइ छ । पीडितको स्वास्थ्य परिक्षण गरिएको र आरोपितविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान थालिएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०७७ बुधबार ००:००  ९ : ३३ बजे