काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । लामो समयदेखि पार्टीको आन्तरिक विवादका कारण जारी स्थायी कमिटी नै अन्योलमा परेका बेला प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपाका नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी रहेका थिए ।
साउन १३ गते बसेको स्थायी कमिटी बैठकपछि दुई नेताबीच तिक्तता बढेको थियो । ओलीले स्थगित गरेको बैठक दाहालले सुचारु गराएपछि नेकपाभित्र देखिएको विवाद झनै बल्झिएको थियो ।
आज आन्तरिक समस्या समाधान गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको थियो ।
प्रतिक्रिया