८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा समुदायका थप ५ जनामा कोरोना संक्रमण पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा समुदायका थप ५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको हो ।

गत साउन १८ गते लिइएको १ सय ३३ नमुना स्वाब मध्ये १ सय १९ जनामा कोरोना देखिएन भने ५ जनामा कोरोना पुष्टि भएको छ । बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी छ ।

यी संक्रमितको स्वाब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरु कृष्णनगर नगरपालिका वडा नं. २ बर्ष २१ र २५ बर्षीय २ पुरुष, वडा नं. ८ का १२ बर्षीय एक बालक, ३ बर्षीया १ बालिका र वडा नं. ११ का ४० बर्षीय १ जना पुरुष रहेका छन् ।
मंगलबार थप ५ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या ८ सय ६ जना पुगेका छन् ।

जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना फैलन थालेको छ । केही दिन पहिला मात्र शिवराज नगरपालिकाका १३ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस् शिवराजमा कोरोनाः विदेशबाट आएका व्यक्ति गाउँ-गाउँ चाहरे, आफै संक्रमित भए, अरुलाई सारे !

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  ३ : १६ बजे