८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना त्रासः प्रधानमन्त्री विज्ञसंगको छलफलमा, फेरि होला लकडाउन ?



काठमाण्डौँ ।
लकडाउन अन्त्य गरेको घोषणासँगै फेरि कोरोना संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल गर्ने भएका छन् ।

केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि अवस्था जटिल हुने भन्दै प्रधानमन्त्री ओलीले आज यस विषयामा विज्ञसँग छलफल गर्न लागेका हुन् ।

आज २० भन्दा बढी विभिन्न क्षेत्रका विज्ञसँग प्रधानमन्त्रीले छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

लकडाउन घोषणा गर्नुअघि पनि प्रधानमन्त्री ओलीले गत १० चैतमा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झण्डै ४ महिना लकडाउन गरिएको थियो ।

केही दिन यता संक्रमित कम थपिरहेको बेला सोमबार मात्रै ४ सय १८ जनाको पीसीआर पोजिटिभ आएको थियो ।

योसँगै देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । जसमध्ये १४ हजार ९ सय ६१ जना डिस्चार्ज हुँदा ५७ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  ९ : २४ बजे