मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ हथौसामा एक युवकको शंकास्पद शव फेला परेको छ । प्राचिन हथौसा मेला लाग्ने स्थलको उत्तरतर्फको नर्सरीमा अन्दाजी ३८ बर्षका भरोसे थारुको पासो लगाएको अवस्थामा शव भेटिएको हो ।
वडा नम्बर ३ तिलकानाका घर भएका थारु निर्माण कार्य (इटागारो लगाउने) मिस्त्री रहेकास्थानीयले जनाएका छन् । उनी हिजो साँझ घरबाट बाहिर जान्छु भनी निस्किएका पारिवारिक श्रोतले बताएको छ । शवको प्रकृति हेर्दा उनको आत्महत्या नभएर हत्या जस्तो देखिन्छ ।
उनले हातमा टर्च लाइट समातेको, गन्जीको डोरी बनाएर पासो लगाएको, घटनास्थल वरपर मोटरसाइकलको चक्काको डाम रहेकाले कसैले हत्या गरेको हुन सक्ने आसंका स्थानीयको छ । उनको शररिको माथिल्लो भागमा कुनै कपडा छैन ।
अहिले इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थलसम्म गइसकेको छ । थारुको हत्या या आत्महत्या त्यो भने प्रहरीले अनुसन्धान गर्दैछ ।
प्रतिक्रिया