एजेन्सी ।
स्पेनका पूर्व राजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको छ । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिए छन् ।८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका हुन् । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए ।
पूर्व राजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको बताएका छन् । गएको जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो ।
अति निपूर्णता पूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन रहेको बीबीसीका युरोप संवाददाता नीक बीकले बताएका छन् ।पूर्व राजा अब कुन देशमा बस्ने छन् भन्ने खुलेको छैन, तर स्पेनिस सञ्चारमाध्यमहरुले उनी अब देश भने नरहेन बताएका छन् ।
प्रतिक्रिया