८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त



काठमाडौं ।
राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई ४ वर्षे कार्यकालका लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

बोर्डमा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो ।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा।युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव वीर बहादुर राईलाई सचिवमा बढुवा गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  ९ : ५६ बजे