८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बढ्दो कोरोना त्रासः कपिलवस्तु प्रशासनले सेवा अवधि घटायो



मायादेवी अनलाइन, चार नम्बर ।
बढ्दो कोरोना भाइरसको त्रासले कपिलवस्तु प्रशासनले सेवाग्राहीलाई दिने नियमित सेवा अवधि घटाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रशासन कार्यालय तौलिहवाले बारका हिसाबले सेवा लिने गरी नयाँ नियम बनाएको हो ।

प्रशासनका अनुसार अब तौलिहवाबाट बन्ने राहदानी र नागरिकताका लागि जिल्लाबासीले बार कुर्नु पर्ने भएको छ ।

जस अनुसार आइतबारका दिन बुद्धभूमि नगरपालिका, सोमबार महाराजगञ्ज नगरपालिका, मंगलबार यशोधरा गाउँपालिका, बुधबार मायादेवी गाउँपालिका, विहीबार सुद्धोधन गाउँपालिका र शुक्रबार कपिलवस्तु नगरपालिकाबासी सेवाका लागि प्रशासन कार्यालयमा जानुपर्ने भएको छ ।

कार्यालयमा बढी भीडभाड बढेको र यसले सामाजिक दुरी कायम हुन नसकेको भन्दै प्रशासनले सेवाग्राहीका लागि अर्को सूचना जारी नहुँदासम्म यो नियम बनाएको सहायक प्रमुख जिल्ला अधिकारी गशेण नेपालीले जानकारी दिनुभयो । यद्यपि प्रशासनबाट राहदानी र नागरिकता बाहेक अरु नियमित काम भने सुचारु हुने छन् ।

जिल्लाको चन्द्रौटा र वाणगंगामा प्रशासन कार्यालय मातहतका दुई इलाका प्रशासन कार्यालय सञ्चालनमा छन् । इलाका प्रशासन कार्यालय चन्द्रौटामा शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका सेवाग्राहीले सेवा पाउँने गर्छन भने चारनम्बरमा अवस्थित इलाका प्रशासन कार्यालय वाणगंगाले वाणगंगा नगरपालिकाबासीलाई मात्र सेवा दिदै आएको छ ।

यद्यपि यी इलाका प्रशासनको कामको समयमा भने हेरफेर भएको छैन् । तर, कोरोना महामारीबाट बच्नका लागि माक्सको प्रयोग र सामाजिक दुरी अनिवार्य छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  ६ : २८ बजे