८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राष्ट्रिय युवा संघ ठाकुरापुरका युवाले गरे अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
राष्ट्रिय युवा संघ ठाकुरापुरले अतिविपन्न दुई परिवारलाई खाद्यान्न सहयोग गरेको छ । वाणगंगा नगरपालिका ४ ठाकुरापुर निवासी अतिविपन्न २ घर परिवारलाई खाद्यान्न सहयोग गरेको संघले जनाएको छ ।

ठाकुरापुरका रुकवीर राना र बाममाया रानाको परिवारलाई आफुहरुले केहि सहयोग गरेको स्थानीय युवा प्रदीप पौडेलले जानकारी दिनुभयो ।

आर्थिक समस्या रहेको उक्त परिवारलाई आफुहरुले ४० किलो चामल, १५ सय बराबरको खाद्यान्न सहयोग गरेको अर्का युवा नविन आचार्यले जानकारी दिनुभएको छ । अतिविपन्न उक्त दुई परिवारले पात बेच्नुका साथै दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका छन् ।

उक्त परिवारलाई स्थानीय नविन आचार्य, दिपक पौडेल, नेत्र बरइ, संदीप थारु, प्रदिप पौडेल (प्रेम नारायण शर्मा) लगायतका युवाको अगुवाईमा सहयोग गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  ६ : ०६ बजे