८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण



वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।

वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए ।

११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । अस्पतालका चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा भिडभाडमा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।

वीरगञ्ज–१२ जिल्ला प्रहरी कार्यालय अगाडी ५० र २५ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

त्यस्तैगरी पर्साकै छिपहरमाई–२ टिहुकीका ३५ वर्षीय, जगरनाथपुरका २२ वर्षीय पुरुष, पटेर्वासुगौली गाउँपालिका ५ को २५ र २८ वर्षका पुरुष र २४ वर्षका महिलामा संक्रमण देखिएको हो ।बाराको जीतपुर हेल्थ पोष्टमा कार्यरत २४ र २७ वर्षका पुरुष र बाराको कलैया १ का ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ८ : ३० बजे