मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा नोवेल कोरोना भाइरसको परिक्षण समुदायस्तरमा गर्न थालिएको छ । समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएको शंका लागेपछि जिल्लामा परिक्षण दायर बढाइएको हो । जसमध्ये मंगलबारमात्र समुदायका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यी सबै शिवराज नगरपालिकाका थिए ।
यो पनि पढ्नुहोस् कपिलवस्तुमा १ महिनापछि ठुलो संख्यामा कोरोना संक्रमित थपिए, संख्या ८ सय नजिक
मंगलबार जिल्लाको महाराजगञ्जका दुई स्वास्थ्य संस्था र कपिलवस्तु अस्पतालमा गरिएको पीसीआर परिक्षण मध्ये एक जनामा थप संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार राति सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका कपिलवस्तु अस्पतालबाट गरिएको स्वाव संकलनका क्रममा भेटिएको कार्यालयले जनाएको छ ।
यस्तै महाराजगञ्जको सिसुवा स्वास्थ्य चौकीका ३६ जना र महाराजगञ्ज स्वास्थ्य केन्द्रका ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै कपिलवस्तु अस्पतालका १२ नमुना मध्ये ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको पोजेटिभ आएको छ । उनी कुन ठाउँका हुन खुलाइएको छैन् ।
र, यो पनि… शिवराजमा कोरोनाः विदेशबाट आएका व्यक्ति गाउँ-गाउँ चाहरे, आफै संक्रमित भए, अरुलाई सारे !
प्रतिक्रिया