८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एक लाख बढी मूल्य बराबरको अवैध चल्ला कृष्णनगर प्रहरीद्वारा नष्ट



अजय मिश्र, कृष्णनगर ।
पछिल्लो समय सीमा नाकाहरुको निगरानी बढ्न थालेपछि अवैधधन्दा गर्ने फसादमा पर्न थालेका छन् । भारतबाट प्रतिवन्धित बस्तु र भन्सार छलि गराएर ल्याउने सामग्रीको निगरानी स्वरुप कपिलवस्तु प्रहरी सीमा नाकाहरुमा सक्रिय हुन थालेको छ ।

यसैक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरले भारत हुँदै नेपाल भित्राइएको अवैध कुखुकराका चल्दा बरामद गरी नष्ट गरेको छ ।

प्रहरीले कृष्णनगर नगरपालिका वडा नं. १ मड्हा बाट १२ कार्टून प्रति कार्टून १५० चल्लाका दरले अन्दाजी १८ सय चल्ला बरामद गरेको थियो ।

बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि नष्ट गरेको कार्यालयका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।

उक्त चल्ला पशु क्वारेनटाइनका प्रतिनिधि, पत्रकार, समाजसेवी आदिको रोहवरमा नष्ट गरिएको उहाँले बताउनुभयो ।

नष्ट गरिएको कुखुराका चल्लाका नेपाली मूल्य अनुमानित १ लाख ३५ हजार सम्मको रहेको प्रहरीले जनाएको छ ।

भारतबाट ब्रोइलर कुखुरा र त्यसका चल्ला नेपाल भित्राउँने अनूमति छैन् । यो कार्य कानुन अनुसार प्रतिबन्धित मानिन्छ । तर, भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले भारतबाट कुखुराको चल्ला भित्राई नेपाली किसानलाई बस्दै आएका छन् । जुन मूल्य नेपाली चल्का मूल्य भन्दा केहि कम हुन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  १ : २७ बजे