काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच देखिएको विवादले स्थायी कमिटी बैठक नै अनिश्चित बनेको बेला वरिष्ठ नेता झलनाथ खनालले आजको बैठक स्थगित नभएको बताएका छन् । उनका अनुसार अहिलेसम्म बैठक हलमा २५ जना नेता पुगेका छन् ।
“हामी २५ जना नेताहरु हलमै छौं, अरु केही आउँदै हुनुहुन्छ, बैठक केहीबेरमा सुरु हुन्छ, अहिले अनौपचारिक छलफलमा छौं,” खनालले बाह्रखरीसँग भने । बाह्रखरीबाट
प्रतिक्रिया