८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राखेपको सदस्य सचिवमा पुनः सिलवाल



काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियूक्त भएका छन् । सिलवाललाई सोमबार मन्त्रिपरिषदले पुनः सदस्यसचिवमा नियूक्त गरेको हो। यस्तै परिषदको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । यसअघि सदस्यसचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

निवर्तमान सदस्य सचिव सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबल संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगरको नाम सिफारिस गरिएको थियो ।

गएको वर्षको असारमा प्रधानमन्त्री ओली निकट सिलवालले खेलकुद परिषद्को सदस्य सचिवमा राजनीतिक नियुक्ति पाएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ६ : १६ बजे