८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुटवलको होटलमा बस्दै आएका ३ जनामा कोरोना संक्रमण



रुपन्देही ।
बुटवलको एक होटलमा बस्ने ३ जनामा कोरोना संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्क स्थित पुर्वाञ्चल होटलमा ७ गते देखि बस्दै आएका ३ जनामा कोरोना भेटिएको हो । उनीहरु सबै भारतीय नागरिक हुन् ।

बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्न उनीहरु भारतबाट आएका थिए । दिउँसो काममा गएपनि उनीहरुलाई बस्ने खाने होटलमा गर्दै आएका थिए ।

होटलमा बस्ने ३ जनामा संक्रमण पुष्टि भएपछि अहिले होटल सिल गरिएको छ । त्यस्तै त्यहाँ काम गर्ने ४ जनालाई क्वारेन्टाईनमा लगिएको छ । यो सँगै बुटवलमा १९ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७ सोमबार ००:००  ७ : ०७ बजे