अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगरले अवैद्य चल्ला बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपानेको कमाण्डमा खटिएको मोबाइल टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको हो।
भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको ५ हजार ९ सय ८१ चल्ला कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी बाट बरामद गरेको जनाइएको छ।
बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका ३ अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्मको पछाडि खाली जग्गामा खाल्डो खनि नष्ट गरिएको छ ।
पशु क्वारेनटाइनका प्रतिनिधि, सशस्त्र प्रहरी, पत्रकार लगाएतको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको हो।
चल्लाको अनुमानित मुल्य ४ लाख ४८ हजार ५७५ रुपैया रहेको गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाहीले जानकारी दिएका छन्। साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको उनले बताए ।
समकक्षी सुरक्षा निकाय हरुसंग समेत निरन्तर छलफल र संवाद गरि सिमा सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाहीले जानकारी दिए ।
प्रतिक्रिया