एजेन्सी ।
पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि कोरोना संक्रमणका कारण भारतमा धेरैले ज्यान गुमाएका छन् ।
वल्र्डओमिटरका अनुसार कोरोना भाइरस संक्रमणबाट आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा धेरैको मृत्यु भएको हो ।
गएको २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा सात सय १६ जनाले ज्यान गुमाएका छन् । यसबीचमा ब्राजिलमा पाँच सय ५६ र अमेरिकामा चार सय ४७ जनाले ज्यान गुमाएका छन् ।
गएको २४ घण्टामा सबैभन्दा धेरै मेक्सिकोमा सात सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । गएको २४ घण्टामा विश्वभर संक्रमणको कारण चार हजार एक सयले ज्यान गुमाएका छन् ।
संक्रमणदर पनि भारतमा उच्च छ । गएको २४ घण्टामा भारतमा ५० हजार पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ । यस बीचमा अमेरिकामा ५५ हजार भन्दा धेरै र ब्राजिलमा २३ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ६ लाख नाघेको छ भने एक करोड ६४ लाख पाँच हजार भन्दा धेरै संक्रमित भएका छन्। यो सोमबार बिहान सात बजेसम्मको तथ्यांक हो ।
भारतमा मृतकको संख्या ३२ हजार आठ सय १२ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ३६ हजार नाघेको छ ।
प्रतिक्रिया