८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उत्तर कोरियामा कोरोना सङ्क्रमणको आशङ्कापछि आपत्काल घोषणा



एजेन्सी ।
एक जनामा कोभिड – १९ सङ्क्रमणको आशङ्का गरिएपछि उत्तर कोरियाले दक्षिण कोरियाको सीमासँग जोडिएको केसङ्ग सहरको सीमा सिल गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशमा सङ्कटकाल लगाउँदै पोलिटब्युरोको बैठक बोलाएका छन् ।

उत्तर कोरियायाको सरकारी समाचार एजेन्सी केसीएनका अनुसार किम जोङ उनले भने, ’विषालु भाइरस हाम्रो देशमा पसेको छ ।’ यदि सङ्क्रमणको आशङ्का गरिएकामा कोरोना पुष्टि भए यो आधिकारिक रुपमा उत्तर कोरियामा पहिलो सङ्क्रमण हुनेछ । यसअघि उत्तर कोरियाले आफैलाई कोरोनामुक्त भएका दाबी गर्दै आएको छ ।

यद्यपि विशेषज्ञहरुले भने चीनको नजिक भएर पनि उत्तर कोरिया कोरोना भाइरसबाट अछुतो रहनु असम्भव भएको मानेका थिए । उत्तर कोरियाका अनुसार कोरोनाका आशङ्का गरिएका ती व्यक्ति तीन वर्षअघि दक्षिण कोरिया गएका थिए र गएको हप्ता केसङ्ग सीमा भएर फिर्ता भएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७ आइतबार ००:००  ६ : १९ बजे