८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मधुवनधाममा नेपाली सेनाले बनायो ‘बोटानिकल गार्डेन’



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली सेनाले कपिलवस्तुको वाणगंगा शान्तिकुञ्ज मधुवनधाममा तयार गरेको बोटानिकल गार्डेनको आज एक समारोहबीच उद्घाटन भएको छ । मध्य पश्चिम पृतना हेडक्वाटरको सामाजिक आर्थिक पूर्वाधार विकास कार्यक्रम अन्तरगत कपिलवस्तुको वाणगंगा ८ मधुवन धाममा बोटानिकल गार्डेन तयार गरिएको हो ।

केही समय अघि देखि नेपाली सेनाको लगानीमा कपिलवस्तुको धार्मिक तथा पर्यटकीय स्थल शान्तिकुञ्ज धाममा बोटानिकल गार्डेन निर्माण गरिएको थियो । मधुवन धामको गुरुयोजना अनुसार नेपाली सेनाले आकर्षक रुपमा बोटानिकल गार्डेन तयार गरेको हो ।

श्री न. २२ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी सुदर्शन सिलवालले एक समारोहबीच उद्घाटन गर्नुभएको हो । कार्यक्रमका अवसरमा नारायण दल गणका गणपति प्रमुख सेनानी तुरेन्द्र विक्रम आङदेम्बेले शान्ताकुञ्ज मधुवन धाम समितिका अध्यक्ष चुरामणी अर्याललाई हस्तान्तरण गर्दै बोटानिकल गार्डेनको चावी हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले नेपाली सेनाले स्थानीय स्तरमा गरेको महत्वपूर्ण कार्यको प्रसंशा गर्दै आगामी दिनमा समेत नेपाली सेनाबाट सहयोगको अपेक्षा राख्नुभयो । कार्यक्रममा नगर प्रमुख थारुले स्थानीय सरकार र नेपाली सेनाबीचको सहकार्यले नगरको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।

भागीरथी नदी वाणगंगा नदी तटीय क्षेत्र आसपासमा रहेको धार्मिक साँस्कृतिक महत्व बोकेको मधुवन धाम क्षेत्रमा बोटानिक गार्डेन निर्माणमा सरोकारवालाले चासो दिएका थिए ।

बोटानिकल गार्डेन भित्र विभिन्न जातका बनस्पती, फलफुलका विरुवा, सिंचाई, प्रवेश द्धार, सौन्दर्यकरण, पानी फोहोरा लगाएतका आकर्षकको रुपमा रहने बताइएको छ । मधुवन धामको ८२ विगाहा क्षेत्रफल मध्ये १५ विगाहा जग्गा बोटानिकक गार्डेनका लागि छुट्टाइएको छ । उक्त गार्डेनमा विभिन्न निकाय तथा विद्यार्थीका लागि अध्ययन अनुसन्धानका लागि समेत उपर्युक्त हुने वडा अध्यक्ष गुणनीधि भुसालले बताउनुभयो ।

नेपाली सेनाले निर्माण गरी तयार गरेको बोटानिकल गार्डेनको हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गुणनीधि भुसाल, मधुवनधाम समितिका पदाधिकारी, बन उपभोक्ता, स्थानीय संघसंस्थाका प्रतिनिधी तथा कर्मचारीको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७ आइतबार ००:००  ८ : १५ बजे