८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

इलाका प्रहरी कार्यालय कृष्णनगरद्धारा १ लाख ६८ हजार बढीको अवैध चल्ला नष्ट



अजय मिश्र, कृष्णनगर ।
इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी गस्ती टोलीलेअबैध कुखुराका चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको अवैध चल्ला बरामद गरेको हो ।

कृष्णनगर नगरपालिका वडा नं ४ शिवभारी बाट १५ कार्टून प्रति कार्टून १५० चल्लाका दरले २ हजार २५० चल्ला बरामद गरेको हो।

बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि गाडिएको छ । पशु क्वारेनटाइनका प्रतिनिधि , प्रहरी, पत्रकार,लगाएतको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको हो।

चल्लाको अनुमानित मुल्य १ लाख ६८ हजार ७५० रुपैया रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ।

साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार, न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न तत्पर रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७ आइतबार ००:००  ४ : १७ बजे