८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रोटरी भवन निर्माण सक्न बाणगंगा नगरले पुरा साथ दिन्छः उप–मेयर अर्याल



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले चार नम्बरमा बन्न लागेको रोटरी भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

शुक्रबार रोटर्याक्ट क्लव अफ कपिलवस्तुको तेश्रो पद हस्तान्तरण तथा इन्स्टलेसन कार्यक्रममा बोल्दै अर्यालले रोटरी भवन नगरको पनि भवन भएकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘तुरुन्त भवन निर्माणको काम अगाडी बढाउनुस् । त्यसपछि आवशयक ठाउँमा नगरले सअयोग गर्छ ।’

रोटरी र रोट्र्याक्ट परिवार नगरकै अभिन्न अंग भएकाले सहयोग गर्नु आफूहरुको कर्तव्य भएको अर्यालले बताउनु भयो । नगरको जितपुरमा रहेको जग्गामा रोटरी भवनको शिल्यान्स भइसकेको छ । नगर अध्यक्ष मंगल प्रसाद थारुले रोटरीको पद हस्तान्तरण कार्यक्रममा भवनको शिलयानास गर्नु भएको थियो ।

यसैबीच लागु पदार्थ दुव्र्यसनी नियन्त्रणमा युवा कदम जरुरी रहेको अर्यालले बताउनु भयो । पछिल्लो समय नगरपालिका लागु पदार्थ दुव्र्यसनीको गर्नेहरुको गतिविधि बढेकाले त्यसलाई रोक्नको लागि युवाहरुकै सक्रियताले काम गर्ने अर्यालको भनाई छ ।

यस्तो सामाजिक अपराध गर्ने युवाहरुको नेतृत्व रोट्र्याक्टमा आवद्ध ठिटाहरुले गर्नु पर्ने बताउनु बताउँदै उहाँले भन्नुभयो–‘यो क्लव तातोरातो रगतले सलबलाएको युवाहरुको क्लव भएको मैले पाएको छु । नगरमा धेरै सामाजिक र मानवीय कार्य पनि गरेको छ । नगरमा लागु पदार्थ दुव्र्यसनी बयाप्त छ । यसविरुद्धको अभियानलाई कार्ययोजनामा समेट्नू ।’

उहाँले अब नगरका सबै युवाहरुको नेतृत्व गर्दै रोटरीयन र रोट्र्याक्टर्सहरुले लागु पदार्थ दुव्र्यसनविरुद्ध आक्रामक रुपमा अभियान थाल्नु पर्ने र त्यसमा नगरले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७ आइतबार ००:००  २ : २६ बजे