एजेन्सी ।
विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ । पछिल्लो एक दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९९ लाख ७ हजार २३२ छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४७ हजार ५९६ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार २६३ जनाको मृत्यु भएको छ । २७ लाख ६५ हजार ५४० जना संक्रमित भएकोमा १६ लाख ६२ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ६ हजार ८८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५० लाख ५० हजार १ पुगेको छ । त्यसमध्ये २५ लाख १७ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ८८ हजार ६४७ जनाको मृत्यु भएको छ । ३८ लाख २६ हजार ६४६ जना संक्रमित भएकोमा २७ लाख ६५ हजार २२७ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३२ हजार ९८० जनाको मृत्यु भएको छ । ३६ लाख ९४ हजार ३८२ जना संक्रमित भएकोमा २४ लाख ५८ हजार १९२ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १७ हजार ५६३ जनाको ज्यान गएको छ भने ८ लाख ३२ हजार ३८० संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ८७ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १६७ जनाको मृत्यु भएको छ । १५ हजार ६५४ जना संक्रमित भएकोमा १० हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया