मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै एक्सनमा काम थाल्नु भएका एसपी नवराज अधिकारीको प्रमुख निसानामा तस्करहरु पर्न थालेका छन् ।
लागु औषध, लत्ता कपडा खाद्यान्न लगायतमा तस्कर गर्नेहरुलाई धमाधम समातेर कारबाही सुरु गर्नु भएका अधिकारीले जनावरमाथि हुने तस्करहरुको पनि सातो खान थाल्नु भएको हो ।
यसैक्रममा एसपी अधिकारीको ठाडो आदेशमा कपिलवस्तुका बिभिन्न नाकाबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइदै गरेका लाखौँ मुल्य पर्ने भैँसी, राँगा, पाडापाडीहरु नियन्त्रणमा लिइएको छ । कृष्णनगर र बहादुरगंजका सिमानाकाहरु हटिया दुहनी, कुसहवा बढनी लगायतका नाकाबाट शनिबार र शुक्रबार ४० भन्दा बढी भैँसी, राँगा नियन्त्रणमा लिएर भन्सार चलान् गरिएको एसपी अधिकारीले मायादेवी अनलाइनसंग बताउनु भयो । नियन्त्रणमा लिइएका भैँसी राँगाको मुल्य सात लाख भन्दा बढी पर्ने भन्सार कार्यालयले जनाएको छ ।
प्रहरीलाई देखेपछि भैँसी तस्करहरु भागेकाले समात्न नसकिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘प्रहरीलाई देख्नासाथ तस्करहरु भागे, भैँसी खेद्नेहरु विचरा सर्वसाधारण छन् । तिनलाई समातेर के गर्नु ? खास तस्करहरु हिडन (लुकेका) छन्, उनीहरुले दुईचार सयको लोभ देखाएर तस्करले सर्वसाधारणलाई सिमानाकामा प्रयोग गरेका पाइयो, एसपी अधिकारीले भन्नुभयो, ‘तस्करलाई पनि खोजीखोजी कार्य जारी राखेका छौँ ।’
कपिलवस्तुका बिभिन्न नाकाबाट पशुपंक्षी, लागु औषध, लत्ता कपडा, खाद्यान्न लगायतमा बढी तस्करी हुने गरेको थाहा पाए पछि यसमा आफूले ध्यान दिएको उहाँले जानकारी दिनुभयो । उहाँले कानुनलाई छलेर काम गर्ने मान्छे आफूबाट उम्कन नसक्ने बताउनु भयो । यस अगाडि पनि विभिन्न नाकाहरुबाट भैसी र रागाँको तस्करी हुने गरेको भएपनि प्रहरीको ध्यान पुग्न सकेको थिएन ।
जिल्लामा अब कुनै पनि तस्करले यस्ता गतिविधि गर्न हिम्मत नगर्ने उहाँले विश्वास लिनु भएको छ । तस्करको जालो च्यात्ने काममा आफू सक्रिय रहेको भन्दै प्रहरीलाई सहयोग गर्ने सर्वसाधारण नागरिकमा उहाँले आग्रह गर्नु भयो ।
जिल्लाका सबै प्रहरी युनिटलाई यस्ता तस्कर र घुसपैठ गर्नेहरुमथि विशेष निगरानी बढाउन निर्देशन दिइसकेको पनि उहाँले मायादेवीसंग बताउनु भयो ।
यो पनि पढ्नुहोस्
कपिलवस्तुका नयाँ एसपी अधिकारीको एक्सनः वडाध्यक्षका छोरासहित २ जना पक्राऊ
कपिलवस्तुका एसपी अधिकारीको अर्को एक्सन, एक ट्रक अवैध केराउ बरामद
कपिलवस्तु प्रहरीद्धारा घरमा लुकाई राखेको ६८ बोरा अवैध केराउ बरामद
कपिलवस्तुका नयाँ एसपी अधिकारी, २ पटक ‘प्रहरी सेवा उत्कृष्ट पुरस्कार’ पाएको छवि
प्रतिक्रिया