काठमाडौं ।
श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्म कैदको सजाए पाएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको विरोधमा साझा पार्टीले काठमाडौैँमा सडक प्रदर्शन गरेको छ ।
‘न्यायका लागि साझा यात्रा’नामक विरोध र् याली पार्टी कार्यालय ललितपुरको बखुण्डोलबाट सुरु भएर माइतीघर मण्डलामा आएर कोणसभामा परिणत भएको थियो ।
तराजु, शंख, घण्टीसहित विरोधमा सहभागीहरुले गैरन्यायिक फैसला खारेज गर्न माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाले पाएको सजायमा ११ वर्ष ६ महिना छुट दिएको हो ।
कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइ दिएपछि उनी बिहीबार रिहा भएका थिए । उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारेको थियो ।
कोइरालाको कैद घटाउने गरी भएको सर्वोच्च अदालतको फैसला विरुद्ध दर्ता भएको पुनरावलोकन निदेवनमाथि भोलि सुनुवाई गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया